नवलपरासीस्थित चौधरी उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

नवलपरासी

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक प्रकाश मल्लले जानकारी गराउनुभयो ।

बिहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

खबर सबै