बराल परिवारद्धारा स्वर्गीय पार्वती बरालको स्मृतिमा अक्षयकोष स्थापना

कपिलवस्तु ।

समाजसेवी तथा नेपाली काङ्ग्रेस नगर समिति सल्लाहकार एबम ट्रेड युनियन पुर्व जिल्ला उपाध्यक्ष सुर्य बराल र उहाँको परीवारले स्व। पत्नी पार्वती बरालको स्मृतीको ४५ औं दिनको अवसर मा अक्ष्यकोष स्थापना गर्नुभएको छ भने रकम हस्तान्तरण पनि गर्नु भएको छ।
कपिलवस्तुको वाणगङगा नगरपालिका वडा नम्बर ७ बनागाईमा रहेको मन्दिरको बिकासका लागि बराल परिवारले रकम प्रदान गर्नुभएको हो ।
बाणगंगा नगरपालिका ७ निवासी सुर्य वराल र छोरीहरुले स्व.पार्वति बरालका नाममा अक्षय कोष पनि स्थापना गर्नुभएको छ।

सुर्य बरालकि श्रीमती स्व. पार्वती वरालको निधनको ४५ औ दिनको स्मृतीमा बनगाईमा रहेको शिवालय मन्दिरलाई १५ हजार नगद रकम शिवालय मन्दिरका अध्यक्ष शिवचन्द्र आचार्यलाई प्रदान गरेको शिवालय मंन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस्तै छोरी सुस्मिता र समिक्षा सहित सुर्य वरालले सो रकम शिवालय मन्दिर ब्यावस्थापन समिति समक्ष पुगेर हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया

खबर सबै