

कपिलवस्तु अस्पतालमा अक्सिजन अभाव आइसियूका १० सहित ४५ को जीवन संकटमा



कपिलवस्तु अस्पतालमा अव २ घण्टा अर्थात बीहिवार १२ वजे सम्मलाई मात्र अक्सिजन पुग्ने र त्यसपछि अक्सिजनको आपूर्ति नभएमा आइसियूका १० सहित ४५ को जीवन संकटमा पर्ने अस्पतालका मेसु डा किशोर बन्जाडेले वताउनु भएको छ ।
उहाले भन्नु भयो ग्यास दिदै आएको लुम्विनी अक्सिजन उद्योगमा समस्याका कारण उत्पादन हुन नसकेपछि रुपन्देहीमा हेलिकप्टरवाट ल्याइएको छ तर कपिलवस्तुमा कहावाट कसरी आउने हो कुनै टुंगो छैन । तैपनि कपिलवस्तुका सांसद बृजेश कुमार गुप्ता र प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको पहलमा रुपन्देहीमा रहेको शंकर अक्सिजन ग्यास उद्योगवाट ल्याउने गरी कुराकानी भएको डा बन्जाडेले वताउनु भएको छ ।
प्रजिअ चक्रपाणी पाण्डेले मैले मेरो तर्फवाट हरसंभव पहल गरेको छु रुपन्देहीको एउटा उद्योगले आज दिउसो सम्म पठाउन सक्ने संभावना छ । दाङका उद्योगमा पनि पहल गरेको छु तर समस्या अत्यन्तै भयाभह भएको छ उहाले भन्नु भयो ।
त्यो उद्योगवाट पहिलो लटमा उत्पादन हुने ३० सिलिण्डर ग्यास करिव ३ वजे सम्म कपिलवस्तु आउन सक्छ । त्यो बीचमा अक्सिजन अभावमा केहिले ज्यान गुमाउने स्थिती आउन सक्ने वताइएको छ । रुपन्देहीमा आएको संकट समाधान गर्न अर्थमन्त्री विष्णु पौडेल र मुख्य मन्त्री शंकर पोखरेलले गरेको पहलवाट हेलिकप्टरले सिलिण्डर ढुवानी गरेको छ । तर कपिलवस्तु अस्पतालमा रहेका ४५ जनाको जीवन रक्षा गर्न उहाहरुले कुनै पहल गरेको अहिले सम्म जानकारी भएको छैन।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया