

लुम्बिनी प्रदेशका १२ जिल्लाका सिडियोहरुलाई परराष्ट्रमन्त्रीले गरे फोन



काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिएका छन् ।
सोमवार प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)हरुसँग छुट्टाछुट्टै फोन गरि प्रदेशको कोरोना संक्रमणको अवस्थाबारे जानकारी लिएका हुन् ।
कुराकानीका क्रममा उनीहरुसँग सीमामा कडाइ गर्ने, नेपाल भित्रिनेको अनिवार्य पीसीआर परीक्षण, महामारी नियन्त्रणमा पालिकाको क्षमता विस्तार, डेडिकेटेड अस्पतालहरुको शैया, अक्सिजन र जनशक्तिको थप प्रवन्ध लगायतका परामर्श, समस्या अवगत र सुझाव प्राप्त भएको जानकारी दिएका छन् । साथै उनीहरुले उठाएका समस्याहरुको समाधानका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
“कोभिड(१९ महामारी विरूद्धका कदमहरूलाई थप प्रभावकारी बनाउन आज लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छुट्टाछुट्टै परामर्श गरेको छु। उहाँहरूबाट सीमामा कडा निगरानी,नेपाल भित्रिनेहरूको अनिवार्य स्वास्थ्य परीक्षण, महामारीको सामना गर्न पालिकाहरूको क्षमता विस्तार, डेडिकेटेड अस्पतालहरूमा शैया, अक्सिजन र जनशक्तिको थप प्रबन्ध लगायत विषयहरूमा स्थिति अद्यावधिक, समस्या अवगत र महत्वपूर्ण सुझाव प्राप्त भएको छ । समाधानका लागि अधिकतम प्रयत्न हुनेछ । कठिन स्थितिमाझ कोभिड विरूद्ध मोर्चा सम्हालिरहेका सबैलाई धन्यवाद छ ।” मन्त्री ज्ञवालीले भने ।
त्यस्तै कोरोना महामारीको अवस्थामा अग्रमोर्चामा खटिएका सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
डेडिकेटेड अस्पतालहरूमा शैया, अक्सिजन र जनशक्तिको थप प्रबन्ध लगायत विषयहरूमा स्थिति अद्यावधिक, समस्या अवगत र महत्वपूर्ण सुझाव प्राप्त भएको छ । समाधानका लागि अधिकतम प्रयत्न हुनेछ । कठिन स्थितिमाझ कोभिड विरूद्ध मोर्चा सम्हालिरहेका सबैलाई धन्यवाद छ । https://t.co/8hpsLBIaWL
— Pradeep Gyawali (@PradeepgyawaliK) May 3, 2021


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया