

२ जनाको मृत्यु, ५ को अवस्था गम्भिर : कपिलवस्तु दुर्घटना अपडेट



कपिलवस्तु
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा भएको सवारी दुर्घटनाका घाइतेमध्ये २ जनाको मृत्यु भएको छ । बुटवलको चौराह हस्पिटलमा उपचाररत बाणगंगा नगरपालिका–२ का ४० वर्षीय लु १ ख ५६८४ नम्बरका बस चालक कृष्ण कुवँर र उमेर, ठेगाना नखुलेका फुरवान खड्काको क्रिमसन हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
दुर्घटनामा परी २८ जना घाइते भएकामध्ये रुपन्देही सैनामैना–३ का ४५ वर्षीय ट्रकचालक नारायण चौधरी, बसमा यात्रु बुद्धभूमि–४ की ३६ वर्षीया सावित्रा कुँवर, बाणगंगा नगरपालिका–८ का ४५ वर्षीय बिष्णु बञ्जाडे , बुद्धभूमि नगरपालिका–४ की २१ वर्षीया सुमित्रा कुमाल, बुद्धभूमि–२ का ५० वर्षीय मुसे थारुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलबार बिहान साढे १०:४० बजे बुद्धभूमि–९ को जंगलमा ठोक्किएको थियो ।
घाइते २८ जनामा २ जनाको उपचारको क्रममा क्रिमसन हस्पिटल बुटवलमा मृत्यु भएको छ भने ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख डिलिप क्षेत्रीले जानकारी दिए ।
२८ जनामा २ जनाको मृत्यु भैसकेको छ ५ जनाको अवस्था गम्भीर रहेको र २१ जना घाइतेहरुको अवस्था समान्य रहेको छ । घाइते सबैको उपचार बुटवल हस्पिटल, चौराह र क्रिमसन हस्पिटलमा भइहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ । घाइतेहरुलाई टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया