

जनसेवामा नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान



कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयमा नयाँ वर्षको शुभकामना आदानप्रदान सँगै तेस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ ।
विद्यालयको कक्षा बालविकास देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुको फाल्गुण महिनामा लिइएको तेस्रो त्रैमासिक परीक्षाको नजिता प्रकाशन गरिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
पहिलो दोस्रो र तेस्रो हुने सबै तहका विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको प्रधानाध्यापक पाण्डेले बताउनुभयो । कार्यक्रम विद्यालयका परीक्षा समितिका संयोजक शिक्षक थानेश्वर कंडेलको अध्यक्षता सहित प्रधानाध्यापक पाण्डेको प्रमूख आतिथ्यता तथा जनसेवा बाल समुहकी अध्यक्ष अन्जली बि.क, विद्यालयका शिक्षक कर्मचारीहरु र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको जनसेवा आधारभूत विद्यालयले जनाएको छ ।
यस्तै नयाँ वर्ष २०७८ सालको शुभारम्भको पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान समेत गरिएको विद्यालयका शिक्षक डिआर न्यौपानेले जानकारी दिनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया