

प्युठान र रुपन्देहीमा सवारी दुर्घटना, दुईको मृत्यु, आठ घाइते



दाङ ।
प्युठानमा जिप दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ। यस्तै, आठजना घाइते भएका छन्।
मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–८ का करिब ५५ वर्षीय टेकबहादुर बुढा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ। दाङको भालुबाङबाट प्युठान जाँदै गरेको रा १ ज ८०९ नम्बरको जिप शुक्रबार बिहान करिब पौने १० बजे प्यूठानको सरुमारानी गाउँपलिका–६ मोतिपुरमा दुर्घटना भएको हो। जिप सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ
उक्त दुर्घटनामा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ का २६ वर्षीय कृष्ण गिरी, रोल्पाको परिवर्तन गाउँपालिका–४ की २२ वर्षीया बिमला बुढा, सोही ठाउँकी २३ वर्षीया दिया बुढा, २१ वर्षीया प्रगति बुढामगर, रोल्पा नगरपालिका–७ का ३७ वर्षीय चन्द्र विक, रोल्पा–३ का २२ वर्षीय खेमराज रोका, दाङको राप्ती गाउँपलिका–४ पिपरीकी ६० वर्षीया लम्सरा घर्ती र जीप चालक सरुमारानी–१ का २३ वर्षीय दशरथ विश्वकर्मा घाइते भएको प्रहरीले जनाएको छ । चालक विश्वकर्मा गम्भीर घाइत भएकाले उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, रुपन्देहीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका–१७ ठठरियास्थित भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको लु १ त ९१७७ नम्बरको ट्रयाक्टर शुक्रबार विहान करिब पौने ११ बजेतिर अनियन्त्रित भइ सडकबाट खेतमा पल्टिएको प्रहरीले जनाएको छ।
ट्रयाक्टर पल्टिँदा रुपन्देहीको ओमसितया गाउँपालिका–३ केरवानीका चालक २३ वर्षीय मुन्ना जोगी थारु च्यापिएर घाइते भएका थिए। उनको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा बिहान करिब पौने १२ बजे मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया