

साना किसान वनगाईको भवन उद्घाटन गरियो



कपिलवस्तु ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड वाणगंगा नगरपालिका ७ मोतिपुरको नव निर्मित भवनको आज कार्यक्रमका विच समुद्घाटन भएको छ ।
भवनको एक नयाँ कार्यसमितिको सपथ ग्रहण कार्यक्रम सहित भवनको उद्घाटन संम्पन्न भएको हो । एक्काईसौ वार्षिक साधारण सभा तथा आठौ अधिवेसन कार्यक्रमको अवसरमा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले समुद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी घिमिरेले संस्थागत विकास संगै किसानको समृद्धिमा जोड दिनुपर्ने भन्दै सहुलियत कर्ता, मल विउपल जस्ता किसानका आधारभुत आवश्यकता लाई सर्व सुलभ गराउनुपर्ने बताएकि थिईन् ।
उनले फरक प्रस∙मा सरकारले ऐन नै बनाएर भुमि हिनका लागि लालपुर्जा वितरण गर्न लागेको भन्दै वास्तविक भुमिहिन अव सम्पतीको हकदार हुने समेत बताईन् । विशिष्ट अतिथि वडा नं ८ का अध्यक्ष गुणनिधि भुषालले संस्थाले आगामी रणनिति र सहकारीको सिद्धान्त अनुसार अगाडी बढ्नुपर्ने बताए । वडा नं ७ का अध्यक्ष विष्णु गिरी ले संस्थागत प्रगतिको शुभकामना व्यक्त गर्दै किसानमुखि क्षेत्रमा जोड दिनुपर्ने बताएका थिए ।
साना किसान बनगाईले २ करोड ७६ लाख ८१ हजार ४ सय २६ रुपैया लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको प्रबन्धक शालिकराम पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको अध्यक्ष पदमा पुन भिम प्रसाद सापकोटा निर्विरोध हुने भएका थिए । भने उपाध्यक्षमा यस अगाडी राधिका देवि पन्थ पौडेल रहेकी थिईन् भने सय पट्क पनी निरन्तरता पाएकि छन् ।
सदस्यमा हरिशंकर पौडेल, भिम थापा, दिलकुमारी के।सी , लक्ष्मी कंडेल, तुलसा पन्थी, नाथु थारु सिता भट्टराई लगाएत लेखा समितिहरुले समेत सपथ ग्रहण गरेका छन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भिम प्रसाद सापकोटाले संस्थाले आगामी दिनमा कृषि बजाररिकरण मार्फत किसानका उत्पादन प्रर्वद्धनमा जोड दिदै किसानका क्षेत्रमा अझ जिम्मेवार भई काम गर्ने हौसला मिलेको बताएका थिए । कार्यक्रम संस्थाकि उपाध्यक्ष राधिका देवि पन्थको स्वागत र भिम बहादुर थापाको संचालनमा संम्पन्न भएको थियो ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया