

बालकवी जेशिकाको छन्दमन्जरी कविता सङ्ग्रहको लोकार्पण





राधा पाण्डे कपिलवस्तु, माघ ३
जेशिका कंडेल (निशा) द्वारा लिखित छन्दमन्जरी कविता सङ्ग्रहको विमोचन भएको छ । छन्दवादी समाज नेपालको आयोजनामा भर्चुअल माध्यमबाट बालकवी कंडेलको छन्दमन्जरी लोकार्पण भएको हो ।वि. स. २०६५ साल माघ ८ गते पिता दुर्गाराज कंडेल र माता रीता कंडेलको कोखबाट कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा न.८ मा जन्मिएकी निशाले पहिलो कृति (प्रेरणा) कविता सङ्ग्रह (२०७५) सालमा प्रकाशित गरेकि थिइन् ।
यस्तैगरि दोश्रो कृति (छन्दकोपिला) कविता सङ्ग्रह (२०७६) हो भने छन्दमञ्जरी – कविता-सङ्ग्रह (२०७७) उनको तेस्रो कृति हो । हजुरबुबा ऋषिकेशव भारद्वाजको प्रेरणाबाट कविता रचना गर्न लागेको उनले बताउँछिन । सानै उमेरमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन अग्रसर निशाले दधी – स्मृति साहित्य समाज कपिलवस्तु बाट प्राची वाल साहित्य पुरस्कार तथा दधि – स्मृति साहित्य सम्मान (२०७५), लीलध्वज साहित्य प्रतिस्ठान काठमाडौंबाट कदर – पत्र (२०७५), बाणगंगा सामुदायिक पुस्तकालय बाणगंगा कपिलवस्तुबाट बाणगंगा बाल साहित्य पुरस्कार (२०७५), चिल्ड्रन्ज प्यरडाइज इ.बो.हाईस्कुल कपिलवस्तुबाट चिल्ड्रन्ज बाल सहित्य पुरस्कार (२०७५) ,दधि -स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा भएको बाणगंगा आधारभूत तह कक्षा( १-८)सम्मको नगर स्तरीय कविता प्रतियोगितामा प्रथमपुरस्कार ( छ्न्द दिवस बैशाख ८, २०७६), पल्लव साहित्यिक प्रतिष्ठान, चितवनबाट शेषनाथ लामिछाने स्मृति वाल सहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान भाद्र २१ (२०७६), डा. कविताराम वाङमय प्रतिष्ठान , काठमाण्डौबाट डा.कविताराम वाल प्रतिभा पुरस्कार कार्तिक २९ (२०७६), निजी तथा आवसीय बिधालय अर्गनाईजेशन , नेपाल बाणगंगा नगर कार्यसमिति कपिलवस्तुबाट प्याब्सन बाणगंगा नगर बालसहित्य सम्मान पौष ४, (२०७६) लगायत दर्जन जति पुरस्कार र सम्मानबाट सम्मानित भएकी छन् ।
कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले १३ वर्षको उमेरमै ३ वटा कृति प्रकाशित गरि नेपाली साहित्यलाई उचाइमा पुर्याएको बताउनु भयो । उहाँले निशालाइ बधाई तथा शुभकामना दिदै धुलो खेल्दै हिड्ने समयमा यसरी नै कलमको रफ्तार अगाडी बड्दै गयो भने अब्बल साहित्यकार बन्ने ठोकुवा गर्नु भयो । कवि कविराज पौडेलले कृतिको समिक्षा गर्दै त्यस भित्रभएका कविताहरुको विश्लेषण गर्नुभयो । कृतिभित्र ११ वटा कविता रहेका र ती कविताले रास्ट्रको यथार्थ चित्रण, बालापनको मातृवात्सल्य, नेपालको भौगोलिक सौन्दर्यता लगायतका महत्त्वपूर्ण कुराहरु समेटिएका छन् । विभिन्न छन्दहरु समाबेश गरिएकाले कृति निकै सुन्दर रहेको प्रष्ट पारिएको थियो ।
कार्यक्रमका संयोजक हरि खनाल, अन्तर्राष्ट्रिय छन्द अभियन्ता परशु तिमिल्सिना (अमेरिका), महाकाब्यकार मनिराज जोशी, ऋषिकेशव भारद्वाज लगायत स्वदेश तथा बिदेशबाट ३ दर्जन बढी वरिष्ठ साहित्यकारहरुले बाल कवि कंडेललाइ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । छन्दबादी समाज नेपालका अध्यक्ष श्याम तिवारिको अध्यक्षता, साहित्यकार ऋषिकेशव भारद्वाजको स्वागत रहेको कार्यक्रमको सन्चालन छन्दबादी समाजका सचीव चन्द्रकान्त डुम्रेले गर्नु भएको थियो ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया