

विश्व बैंकको आकलन,नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने



काठमाडौँ ।
सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । बैंकले मंगलबार सार्वजनिक गरेको ग्लोबल इकोनमिक प्रस्पेक्ट प्रतिवेदनमा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०।.२ प्रतिशत रहेको अनुमान प्रतिवेदनमा गरिएको छ ।
कोभिड–१९ को महामारीले दक्षिण एसियामा गरिबी र बेरोजगारीमा वृद्धि गरेको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । महामारीका कारण भारतको अर्थतन्त्रमा पनि ठूलो प्रभाव परेको जनाइएको छ । भारतको अर्थतन्त्र सन् २०२१ मा ९.६ प्रतिशतले नकारात्मक हुने प्रतिवेदनमा जनाइएको छ ।
पर्यटनमा निर्भर माल्दिभ्स, नेपाल र श्रीलंकाजस्ता मुलुक पनि महामारीका कारण प्रभावित बनेको बताइएको छ । महामारीअघि बजार र अर्थतन्त्र वृद्धिका हिसाबले उच्च स्थानमा रहेको बंगलादेशको अर्थतन्त्र सन् २०२१ मा २ प्रतिशत बढ्ने अनुमान गरिएको छ । पाकिस्तानको अर्थतन्त्र १.५ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण छ ।
सन् २०२१ मा दक्षिण एसियाली अर्थतन्त्र ३.३ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण छ । बंगलादेश र पर्यटनमा आधारित भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाजस्ता मुलुकको अर्थतन्त्रको वृद्धिदर भने कम हुने प्रक्षेपण छ । ईकान्तिपुरबाट ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया