

कोरोनाको भ्याक्सिन चीनले पनि बनायो


एजेन्सी, पुस १६
चीनले सरकारी स्वामित्वसमेत रहेको कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको खोपलाई आम प्रयोगका लागि अनुमति दिएको छ।
चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले सिनोफार्मको बेइजिङ बायोलोजिकल प्रोडक्ट इन्स्टिच्युटले बनाएको खोपलाई बिहीबार अनुमति दिएको हो।
यसअघि अमेरिका र बेलायतमा बनेका खोपहरूले मात्र प्रयोग अनुमति पाएका थिए भने रूसले स्पुतनिक भी भ्याक्सिनलाई तेस्रो चरणको परीक्षण नै नगरी स्वीकृति दिएको थियो।
चिनियाँ भ्याक्सिनको प्रभावकारिताबारे विस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन। बुधबारमात्रै सिनोफार्मले आफ्नो खोप कोरोनाविरूद्ध ७९.३४ प्रतिशत प्रभावकारी भएको बताएको थियो। यो खोप पनि दुई डोज लगाउनु पर्छ। यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो।
डिसेम्बर ९ मा युएईका स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए। युएई र बहराइनले चिनियाँ खोपलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन्। चीनले पनि केही महिनादेखि नै यो खोपको आपतकालीन प्रयोग गरिरहेको छ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया