
आयल निगमले कमायो एक वर्षमा १२ अर्ब ८७ करोड

पुष १३ काठमाडौं ।
लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो ।
निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।
आर्थिक वर्ष ७६र७७ मा दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो ।
पाइपलाइनबाट ठूलो मात्रामा पेट्रोलियम आयात हु्रदा ढुवानी खर्च घट्नु, अघिल्ला वर्षको नाफाबाट भएको ब्याज आम्दानी र निगममा आन्तरिक सुधारको काम हु्रदा नाफा बढेको पौडेलले बताए ।
लेखा परिक्षण विवरणअनुसार पाइपलाइनबाट पेट्रोलियम ढुवानी गर्दा मात्रै १० महिनामा निगमलाई एक अर्ब ४७ करोड रुपैयाँ नाफा भएको छ । यस्तै ब्याज आम्दानीबाट एक अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमको लेखा परीक्षण रिपोर्टमा उल्लेख छ ।
यस अवधिमा निगमले सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजश्व बुझाएको जनाएको छ । सडक मर्मत शुल्कको रुपमा उपभोक्ताबाट उठाएको रकम ५ वर्षमा ४ अर्ब ९९ करोड पुगेको छ । प्रदुषण करबाट २ अर्ब ९४ करोड रकम जम्मा भएको निगमको लेखा परिक्षणमा देखिएको छ ।
पूर्वाधार विकास करबाट हालसम्म १३ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको पनि निगमले जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया