प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । चिनियाँ राजदूत यान्छी विहान साढे नौ बजे खुमलटार पुगेकी थिइन् ।

फाइल  फोटो

भेटमा यान्छीले नेकपाको पार्टी विवादमा गम्भीर चासो र चिन्ता व्यक्त गरेकी बताइएको छ । यान्छीले आफूहरु पार्टी एकता कायमै रहोस् भन्ने पक्षमा रहेको बताएकी थिइन् । सम्भव भएसम्म अझै पनि पार्टी एकता जोगाएर जान सुझाव दिएकी छन् ।

यसअघि पनि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा चिनियाँ राजदूत यान्छीले सक्रियता बढाउने गरेकी थिइन् । दुई दिनअघि मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया

खबर सबै