

समुदाय स्तरमा संक्रमण देखिएपछि फेरि लकडाउन



काठमाडौं, पुस ८
कोरोनाको खतरालाई ध्यानमा राख्दै भुटानले फेरि लकडाउन गरेको छ । भूटानका प्रधानमन्त्री लोते छिरिङले बुधबारदेखि लागुु हुनेगरी ७ दिनका लागि लकडाउन घोषणा गरेका हुन् । यसक्रममा एक राज्यबाट अर्को राज्यमा आवागमन पूर्णत बन्द रहनेछ । त्यस्तै, कोभिड १९ टास्कफोर्सले समय–समयमा नयाँ गाइडलाईन जारी गर्नेछ ।
प्रधानमन्त्री छिरिङले स्थानीय स्तरमा संक्रमण फैलिएका कारण लकडाउन गर्न बाध्य भएको बताएका छन् । केही दिन पहिले थिम्पूमा ५, पारोमा ३ र लामोझिङग्खामा एकजनामा संक्रमण देखिएको थियो । प्रधानमन्त्री छिरिङले यो अवस्था निकै चिन्ताजनक रहेको बताएका छन् । भुटानमा अहिलेसम्म कुुल ४ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ४ सय ३० जना निको भइसकेका छन् । अहिलेसम्म भूूटानमा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएको छैन । अर्थात्, आफ्ना देशवासीलाई कोरोनाबाट बचाउन भुटान सफल छ । २०१८ को गणनाअनुसार भुटानको कुल जनसंख्या ७ लाख ५४ हजार छ ।
बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएसँगै विश्वमा फेरि त्रास बढेको छ । बेलायतले लकडाउन घोषणा गरिसकेको छ भने विश्वका धेरै देशले बेलायतमाथि भ्रमण प्रतिबन्ध लगाएका छन् । नयाँ वर्ष र क्रिसमसका लागि धेरै देशले फरक–फरक निर्देशिका जारी गरिसकेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया