

भए निको ‘प्लाज्मा थेरापी’ बाट उपचार गरिएका कोरोना संक्रमित पुरूष, आजै डिस्चार्ज हुँदै

पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमित पुरूष निको भएका छन्। ग्रान्डी अस्पतालमा उपचाररत् उनलाई आजै डिस्चार्ज गरिने अस्पताल स्रोतले जानकारी दियो।’उहाँको स्वास्थ्य अवस्था एकदम राम्रो छ। आजै उहाँ घर जाँदै हुनुहुन्छ,’ स्रोतले भन्यो।

प्रतिकात्मक तस्बिर।
विराटनगर निवासी ६० वर्षीय ती पुरूष गत साउन १० गते टिचिङ अस्पताल भर्ना भएका थिए। भर्ना हुँदा उनलाई निमोनिया र श्वासप्रश्वासको समस्या थियो। उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो।
त्यसपछि भर्ना भएको पाँचौं दिनमा उनमा ‘प्लाज्मा थेरापी’ बाट उपचार अगाडि बढाइएको थियो। प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ। उक्त विधिबाट उपचार गरेपछि संक्रमित पुरूषको स्वास्थ्यमा लगातार सुधार देखियो। ‘उहाँको निमोनिया पनि ७० प्रतिशत सुधार भएको थियो। पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा पछि २८ प्रतिशतमात्र चाहिने देखिएको थियो’ टिचिङका कोभिड फोकल पर्सन डाक्टर सन्तकुमार दासले सेतोपाटीसँग भने। त्यसपछि उनलाई तीन दिनअघि मात्र टिचिङबाट ग्रान्डी ‘रिफर’ गरियो।
डा. दासले भने, ‘उहाँलाई थप स्वास्थ्यमा सुधार देखिएपछि क्याबिनमा सार्न खोजियो तर हामीसँग कोभिडको क्याबिन खाली थिएन। त्यसपछि उहाँले नै ग्रान्डी जान्छु भनेपछि ‘रिफर’ गरेका हौं।’
ग्रान्डी अस्पतालमा भर्ना भएका उनको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ। लगातार दुबै नतिजा नेगेटिभ देखिएपछि उनलाई आजै डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ।
पहिलोपटक गरिएको ‘प्लाज्मा थेरापी’ उपचार सफल देखिएपछि सरकारले थप १२ वटा अस्पतालहरूलाई यो विधिबाट उपचार गर्न अनुमति दिएको छ। जसमा चार वटा निजी र बाँकी सरकारी अस्पताल छन्।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया