

प्युठानमा ८० थान भरुवा बन्दुक बरामद


जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा ८० थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न घटनामा प्रयोग भएका र लुकाईछिपाई राखेको अवस्थामा विभिन्न ठाउँबाट हतियार बरामद भएको प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । “विगत ६ महिना यता विभिन्न स्थानबाट हातहतियार बरामद भएका हुन,” उहाँले भन्नुभयो, “चालु अवस्थामा रहेका र चालु अवस्थामा नरहेका हातहतियार छन ।” भरुवा बन्दुकसहित तीन थान पेस्तोल समेत प्रहरीले बरामद गरेको छ ।
इजाजत बिनाका हातहतियार बरामदले विभिन्न घटना न्यूनीकरण हुने प्रहरीले अपेक्षा गरेको छ । “जिल्लाका सिकार खेल्ने क्रममा विभिन्न घटना भएका छन्,” उहाँले भन्नुभयो, “ती हतियारहरु नियन्त्रण भएपछि घटनामा पनि कमी आउनेछन् ।” जिल्ला प्रहरी कार्यालयमा चालु आर्थिक वर्षमा तीन वटा अवैध हातहतियारसम्बन्धी मुद्दा दर्ता भएको छ ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया