
कपिलवस्तुमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।
पञ्चकन्या जे.बि.एम. केबुल नेट चन्द्रौटामा कार्यरत पाल्पाको रिब्दीकोट गाउँपालिका–७, फेक स्थायी ठेगाना भई हाल शिवराज–३, मदवामा बस्दै आएका ३२ वर्षीय लेखु थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ९ः३० बजे खरेन्द्रपुरस्थित एक घरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उहाँलाई तत्काल बुद्ध पोलिक्लिनिक खरेन्द्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।
उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया