

अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु


इरानले अमेरिकी आक्रमणपछि सुरु गरेको प्रत्याक्रमण जारी रहेको छ । इरानले अमेरिकाद्वारा आफ्नो दक्षिणी तटीय क्षेत्रमा गरिएको हवाई आक्रमणको जवाफस्वरूप बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य आधारहरूलाई लक्षित गर्दै आक्रमण गरेको दाबी गरेको छ ।
यो घटनाक्रम होर्मुज जलमार्गलाई लिएर अमेरिका–इरानबीच बढ्दो सैन्य तनावबीच भएको हो । इरानी सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी सेनाले जारी गरेको विज्ञप्तिमा अमेरिकी आक्रमणको जवाफमा कुवेतमा रहेका अमेरिकी सैन्य आधारहरूमा ड्रोन आक्रमण जारी रहेको उल्लेख छ ।
विज्ञप्तिअनुसार कुवेतस्थित अली सालेम र अहमद अल–जाबेर अमेरिकी वायुसेना आधारहरू, त्यहाँ रहेका मिसाइल प्रतिरक्षा प्रणाली, बंकर तथा अन्य सैन्य पूर्वाधारलाई लक्षित गर्दै विनाशकारी ड्रोन प्रयोग गरिएको छ ।
यसैगरी आईआरजीसीले आफ्नो जवाफी सैन्य कारबाहीको दोस्रो चरणअन्तर्गत बहराइनस्थित शेख इसा एयरबेसका विभिन्न सैन्य संरचनालाई निशाना बनाएको दाबी गरेको छ ।
आईआरजीसीले जारी गरेको विज्ञप्तिअनुसार यसको एरोस्पेस फोर्सले हेलिकोप्टर मर्मत केन्द्र, अमेरिकी नौसेनाको पी–८गस्ती विमान राखिएको ह्यांगर तथा अमेरिकी सैन्य ड्रोनहरूको कमान्ड एन्ड कन्ट्रोल केन्द्रमा आक्रमण गरेको जनाएको छ ।
यसैबीच, आईआरजीसीले जोर्डनस्थित प्रिन्स हसन एयरबेसमा मिसाइल र ड्रोन आक्रमण गरिएको पनि दाबी गरेको छ । आईआरजीसीका अनुसार इरानी तटीय सैन्य अड्डाहरूमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप गरिएको उक्त कारबाहीमा एयरबेसभित्र रहेका कैयौँ इन्धन भण्डारण केन्द्र र गोलाबारुद भण्डारण सुविधामा आगलागी भएको छ ।
यद्यपि, आईआरजीसीले गरेका यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन । बहराइन, जोर्डन वा अमेरिकी अधिकारीहरूले पनि तत्काल यी दाबीबारे आधिकारिक पुष्टि वा प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
इरानी सेनाले अमेरिकाले इरानका सैन्य क्षेत्र, नागरिक पूर्वाधार तथा सर्वसाधारणमाथि बारम्बार गरेको आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रको आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लङ्घन भएको आरोप लगाएको छ ।
विज्ञप्तिमा इरानका सशस्त्र बलहरूले देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा जनताको सुरक्षाका लागि आवश्यक परे आफ्नो सम्पूर्ण सैन्य क्षमता प्रयोग गर्ने चेतावनी दिइएको छ । अलजजिरा


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया