

मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना


जल तथा मौसम विज्ञान विभागले आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
विभागले आइतबार साँझ मौसमसम्बन्धी अपडेट जारी गर्दै मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरेको हो ।
विभागका अनुसार आज राति र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी देखि धेरै भारीसम्म वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।



खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया