

बाणगङ्गा नदि तटीय ‘बाढी पूर्व सुचना सञ्जाल’ गठन



रामबहादुर गन्धर्व | बाणगङ्गा नदि तटीय बाढी पूर्वसुचना चेतावनी समन्वय समितिकाे अभिमुखिकरण गाेष्ठी तौलिहवामा सम्पन्न भएको छ। युनाइटेड मिसन टु नेपालकाे सहयोग ,बिपद ब्यवस्थापन राष्ट्रिय सञ्जाल नेपालकाे सहकार्य र दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुकाे आयोजनामा भएको उक्त गाेष्टीले जिल्लाका विभिन्न पालिका भित्र रहेका प्रभावित क्षेत्रकाे सुरक्षाका लागि श्यामु काेरीकाे संयाेजकाेत्वमा आवश्यकता अनुसार १७ सदस्यीय रहने गरि ११ सदस्यीय सुचना सञ्जाल गठन गरेको हाे ।
जसकाे उप संयाेजकमा रामबहादुर गन्धर्व रहेको समितिकाे सदस्यहरूमा गौतम चमार ,रामबृक्ष केवट,झगरू थारू,शिवशंकर तेली,बिक्रम हरिजन,शिव ओम कहांर जितन्दर चाई ,नारायण प्रसाद अर्याल र रमेश चौधरी रहेका छन् ।
त्यस्तै दलित सामाजिक बिकास केन्द्र संयाेजक रहने गरि सल्लाहकार समिति पनि गठन भएको छ ।जसको सदस्यमा सामुदायिक बिपद ब्यवस्थापन राष्ट्रिय सञ्जाल नेपाल रहेको छ।
बुधबार आयोजित कार्यक्रममा रमेश प्रसाद चौधरीले कार्यक्रमकाे बारेमा स्पष्ट पारे। २२बढी सहभागी रहेको साे कार्यक्रम बिपद ब्यवस्थापन समुदाय ग्रुपका केन्द्रीय संयाेजक जग्गनाथ प्रसाद कुर्मीले सहजीकरण गरेको उक्त कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरजमति पासीकाे स्वागत तथा लग्गन हरिजनकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया