

तिनाउ नदीमा डुबेर दुई जना किशोर बेपत्ता


पाल्पाको तिनाउ नदीमा दुई जना बेपत्ता भएका छन्। तिनाउ गाउँपालिका वडा नं ३ स्थित विद्धुत पावर हाउसको ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका हुन्।
प्रहरी चौकी दोभानका अनुसार भारतको सन्तविरनगरबाट घुम्न आएका उनीहरु पौडी खेल्न भन्दै ड्यामसाइडमा पुगेका थिए।
सात जनाको समूहमा पौडी खेल्न पुगेका १७ वर्षीय अमान अन्सारी र १७ वर्षीय फरान अन्सारी बेपत्ता भएको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो सवा तीन बजेतिर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उक्त ड्यामसाइडमा पौडी खेल्ने क्रममा हरेक वर्ष कैयौं व्यक्तिको डुबेर मृत्यु हुने गरेको छ।
ड्यामसाइड र भुतखोलामा डुबेर मृत्यु हुनेक्रम नरोकिएपछि सूचना टाँस गरेर पौडी खेल्न नजान आग्रह गर्दै आएको छ।


खबर सबै
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई






प्रतिक्रिया