

फाइनल प्रवेशका लागि आज विराटनगर र लुम्बिनी भिड्दै





काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत फाइनल प्रवेशका लागि आज (बिहीबार) विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच निर्णायक भिडन्त हुँदैछ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे हुने यो दोस्रो क्वालिफायर खेल निर्णायक बन्नेछ।
विराटनगर किङ्स पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएपछि यो चरणमा आइपुगेको हो। विराटनगर लिग चरणमा लुम्बिनी लायन्ससँग बेहोरेको ५ विकेटको हारको बदलासहित फाइनलमा पुग्ने दाउमा छ ।
लुम्बिनी बुधबार भएको एलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो। गत सिजनको तुलनामा उत्कृष्ट प्रदर्शन गरिरहेको लुम्बिनी उपाधि जित्ने लक्ष्यका साथ महत्त्वपूर्ण जित खोज्दै मैदानमा उत्रिनेछ।
आजको खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया