

कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी


कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम कपिलवस्तु नगरपालिका कार्यालयबाट सुरु भई जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, गौढी चोक हुँदै मङ्गल विहारमा पुगेर पूजाआर्चनासहित सम्पन्न भएको हो ।
सहभागीहरूले बुद्धका उपदेशसम्बन्धी नारा लगाउँदै शान्ति र सहिष्णुताको सन्देश फैलाएका थिए । त्यस्तै लुम्बिनीबाट आएका पर्यटकलाई कपिलवस्तु नगरपालिका अगाडि खादा लगाएर स्वागत गरिएको लुम्बिनी विकास कोषका पूर्व कार्यकारी सदस्य राजेश ज्ञावालीले बताउनुभयो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा उतार्दै समाजमा शान्ति र सद्भाव कायम गर्न सबैलाई आह्वान गर्नुभयो ।
शान्ति, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय बासिन्दा, सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम कपिलवस्तु नगरपालिकाको सहयोगमा २५७०औँ बुद्ध जयन्ती मूल आयोजक समिति–२०८३ कपिलवस्तुले आयोजना गरेको हो । बुद्ध जयन्तीको अवसरमा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया