

१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने



बाणगंगा वेयलफेयर सोसाइटी, जितपुरको आयोजनामा यही मंसिर १८ देखि पुष १ गतेसम्म हुने महोत्सव केन्द्रित रहेर १६ औं कपिलवस्तु महोत्सव मूल समारोह समितिको संयुक्त आयोजनामा “सन्देशमूलक टिकटक तथा भिडियो प्रतियोगिता–२०८२” घोषणा गरिएको छ। कन्टेन्ट क्रियटर, टिकटकर तथा फेसबुकरहरूको सिर्जनशीलता अभिवृद्धि गर्दै महोत्सवको प्रभावकारी प्रचार–प्रसार गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको आयोजकहरूले जनाएका छन्।
प्रतियोगितामा सहभागी हुन इच्छुकले वेयलफेयर सोसाइटीले खेलेको सामाजिक भूमिका तथा आगामी मंसिर १८ गतेदेखि १ गतेसम्म चल्ने १६ औं कपिलवस्तु महोत्सवलाई केन्द्रमा राखी सकारात्मक सन्देशसहितको टिकटक वा भिडियो निर्माण गर्नु पर्नेछ। भिडियो महोत्सव स्थल वा सम्बन्धित स्थानमा नै निर्माण गरिएको हुनुपर्नेछ।
सहभागीले तयार पारेको भिडियो आफ्नै टिकटोक तथा फेसबुक आइडीबाट अपलोड गरी वेयलफेयर सोसाइटीको टिकटक आइडी तथा फेसबुक पेज- बाणगंगा स्पोर्टस एन्ड वेयलफेयर सोसाइटी ट्याग गर्नुपर्नेछ। त्यसपछि सोसाइटीको कार्यालयमा सम्पर्क गरी आफ्नो नाम, समूह नाम तथा सामाजिक सञ्जाल आइडी दर्ता अनिवार्य छ। १ देखि ४ मिनेट समयसीमाभित्र नपर्ने भिडियो मूल्याङ्कनमा समावेश गरिने छैन।
महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसम्बन्धी सकारात्मक सन्देश बोकेको उत्कृष्ट भिडियोलाई वेयलफेयर सोसाइटीको आधिकारिक फेसबुक पेजमा पुनःअपलोड गरिनेछ। मूल्याङ्कन अन्तिममा भिडियोको सन्देश, कला, सिर्जनशीलता, विषयवस्तु तथा आधिकारिक पेजमा रहेका भ्यूज, लाइक र सेयरको संख्याका आधारमा गरिनेछ।
मूल्याङ्कन समितिको निर्णयअनुसार पहिलो पुरस्कार रु ७,७७७, दोस्रोले रु ५,५५५ र तेस्रोले रु ३,३३३ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका लागि मंसिर ४ देखि १७ गतेभित्र अपलोड र दर्ता भएका भिडियोहरू मात्र वैध मानिने आयोजकले स्पष्ट पारेको छ। नतिजा महोत्सव अवधिभित्र नै सार्वजनिक गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताले १६ औं कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको प्रभावकारी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको वेयलफेयरका महासचिव बुद्धि बहादुर रोकाहा दिनेशले बताए ।



खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया