

भारतको राजस्थानमा यात्रुबसमा आगलागी हुदा २० जनाको मृत्यु

भारतको राजस्थानको जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यामहरुले बसबाट १९ जनाको शव निकालिएको छ भने एक घाइतेको पनि उपचारको क्रममा मृत्यु भएको छ । जैसलमेरबाट जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा धेरै यात्रुहरू गम्भीर रूपमा जलेका थिए ।
घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन् । आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया