

बढ्न थाल्यो जाडो



मौसमी प्रणाली बाहिरिएसँग तापक्रम भने घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्न थालेको हो ।
मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशैभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । तापक्रम घटेका कारण बिहान र साँझको समयमा जाडो महसुस हुन थालेको छ ।
शनिबार बिहान हुम्लाको न्यूनतम तापक्रम -१.३३ रहेको छ । उपल्लो हुम्लामा हिमपात भएका कारण तापक्रम घटेको हो । हिमपातका कारण हुम्लाको न्यालु सडकखण्ड नै अवरुद्ध भएको छ ।
यस्तै जुम्लाको तापक्रम पनि घट्न थालेको छ । हाल जुम्लाको तापक्रम ३.१ मा झरेको छ ।
शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस छ । यो तापक्रम शुक्रबारको तुलनामा घटेको हो । शुक्रबारको न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस थियो । यो अझै घट्ने क्रममा छ ।
केही दिनअघिसम्म नेपालमा उल्लेखनीय वर्षा भएको थियो र तापक्रम पनि बढी नै थियो । वर्षाका कारण पूर्वी नेपालमा ठूलो क्षति भएको थियो ।
हाल भने मौसम नेपालका सबै भू-भागबाट बाहिरिएको छ । शनिबार पूर्वी नेपालका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना भए पनि देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वनुमान महाशाले जनाएको छ ।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया