

भारतमा भेटियो नयाँ ब्लड ग्रुप !





तपाईंले ए,बी, ओ र ‘आरएच’ जस्ता रगत समूहहरूको बारेमा सुन्नु भएको होला । यि ब्लड ग्रुपबाहेक केही दुर्लभ रगत समूहहरू पनि हुन्छन् । तर भारतमा एउटा नयाँ रगत समूह फेला परेको छ, जसको नाम ‘सीआरआईबी’ राखिएको छ ।
सीआरआईबीमा सीको अर्थ हो क्रोमर (Cromer अर्थात CH) जुन कुल ४७ रगत समूहहरू मध्ये एक हो । आई को अर्थ हो इंडिया र बी को अर्थ बेंगलुरु। सजिलो भाषामा भन्नुपर्दा, यो रगत समूह बेंगलुरु नजिकै बस्ने एक महिलामा फेला परेको हो।
यो रगत समूह यति दुर्लभ छ कि ३८ वर्षकी ती महिलाको हृदय शल्यक्रियाको क्रममा रगत चढाउने आवश्यकता पर्न सक्छ भन्ने सम्भावनाका लागि चिकित्सकहरूले सामान्यतया जस्तै १ वा २ बोतल रगत तयारीमा राख्ने प्रक्रिया समेत अपनाएनन्।
किनभने विज्ञहरू ती महिलाको रगत समूह पत्ता लगाउन असफल भएका थिए।
यो घटना भएको ११ महिना पछि डा। अंकित माथुर, जसले शल्यक्रिया गरेका थिए, त्यस दिनको कुरा सम्झँदै राहत महसुस गर्छन्। शल्यक्रिया बिना रगत चढाई सफलतापूर्वक सम्पन्न भएको थियो।
डा। अंकित माथुर, रोटरी(टीटीके ब्लड सेन्टर, बेंगलुरुका अतिरिक्त चिकित्सा निर्देशक हुन्। कोलारको आरएल जलप्पा अस्पतालका चिकित्सकहरूका लागि उनी एक प्रमुख सम्पर्क व्यक्ति थिए। त्यही अस्पतालमा ती महिलालाई हृदयसम्बन्धी समस्याका कारण शल्यक्रियाको सल्लाह दिइएको थियो।
अन्य रगत समूहहरूभन्दा फरक
डा. माथुर भन्छन् ‘रगत समूह कुनै पनि परिचित समूहसँग मिलेन। हामीले अरू समूहहरूसँग मिसाएर परीक्षण गर्यौं तर हरेक पटक प्रतिक्रिया देखियो।’
त्यसपछि, परिवारका २० सदस्यहरूको रगत परीक्षण गरियो, तर कसैको रगत पनि महिलाको रगतसँग मिलेन।
अन्ततः रगतको नमूना बेलायतको ब्रिस्टलस्थित International Blood Group Reference Laboratory (IBGRL) मा पठाइयो।
यो त्यही प्रयोगशाला हो जहाँ विश्वभरबाट दुर्लभ रगत नमूनाहरू परीक्षणको लागि पठाइन्छन्।
डा। माथुरले भने, ूपूरा विश्लेषणमा उनीहरूलाई १० महिना लाग्यो। फेब्रुअरी(मार्चमा रिपोर्ट आयो कि ती महिलाको रगतमा एउटा अनौठो एन्टिजेन छ। त्यसपछि यो जानकारी nternational Society of Blood Transfusion (ISBT)मा पठाइयो। त्यहाँका विशेषज्ञहरूले सीआरआईबी नामलाई अनुमोदन गरे।ू
यस वर्ष जुन महिनामा इटालीको मिलानमा आयोजना गरिएको ISBT को ३५औं सम्मेलनमा यस नामको औपचारिक घोषणा गरियो।
अनुवांशिक संरचनाको रहस्य
डा। माथुर भन्छन्, ूहामीलाई लागेको थियो परिवारको कसैमा त्यो एन्टिजेन होला, तर कसैमा थिएन। यस अर्थमा, उनको रगत समूह अद्वितीय छ। त्यो एन्टिजेन हो ुक्रोमरु।ू
हालसम्म क्रोमर ब्लड ग्रुप सिस्टममा २० एन्टिजेनहरू पहिचान भइसकेका थिए। अब सीआरआईबी २१औं एन्टिजेन बनेको छ।
आपतकालीन अवस्थामा के गरिन्छरु
यदि कुनै व्यक्ति यस्तो दुर्लभ रगत समूह भएको छ भने, उसलाई सामान्य रगत दिँदा शरीरले त्यसलाई बाह्य तत्व सम्झिन्छ र प्रतिरक्षा प्रणाली सक्रिय भई एन्टिबडी उत्पादन गर्छ।
डा। माथुर भन्छन्, यस्तो अवस्थामा ूअर्को उपाय भनेको शल्यक्रियाको अघि बिरामीकै रगत सङ्कलन गर्ने हो, जसलाई Autologous Blood Transfusion भनिन्छ।ू
भारतका अन्य दुर्लभ रगत समूहहरू
बॉम्बे ब्लड ग्रुप ९ज्ज्०स् यो पनि दुर्लभ समूह हो जुन १० लाखमा एक व्यक्तिमा मात्र पाइन्छ। तर मुम्बईमा यसको दर हरेक १० हजारमा एक छ। यसलाई १९५२ मा डा। वायएम भेंडे र डा। एचएम भाटियाले पत्ता लगाएका थिए।
Indian Blood Group System: सन् १९७३ मा ICMR-NIIH ले पत्ता लगाएको थियो।
दुर्लभ रक्तदाता रजिस्टर
भारतको National Institute of Immunohematology (NIIH) दुर्लभ रक्तदाताहरूको राष्ट्रिय डेटाबेस तयार गर्ने प्रयासमा छ। यसले ती बिरामीहरूलाई सहयोग गर्नेछ जो बारम्बार रगत चढाउनुपर्ने अवस्थाहरूमा छन् ९जस्तै थैलेसीमिया०।
डा। स्वाति कुलकर्णीका अनुसार सामान्य जनसंख्यामा ट्रान्सफ्युजनबाट एंटीबडी बन्ने सम्भावना १(२५ मात्र हुन्छ, तर यस्तो रजिस्टरले सही ब्लड म्याच पाउन निकै सहयोग पुर्याउँछ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया