

जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ



दाङ : सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानको कम्पाउण्डभित्र नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा पुराना बम तथा बम बनाउने सामग्री भेटिएको हो।
प्रहरीका अनुसार उत्खननका क्रममा ८२ वटा सकेट बम, ३ वटा सुतली बम, १ बोतल बम, ७ थान रेडियो वेभ, करिब ५०० ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने करिब २ केजी पार्ट पुर्जा तथा १० मिटर फायरिङ केबल फेला परेका छन्।
भैरहवास्थित भक्तिगणबाट इन्जिनियरसहितको विशेष टोली तथा सल्यान सिमखर्कस्थित सिद्धिबक्स गणबाट आएको नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर बम निष्क्रिय पार्ने कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रारम्भिक अनुमान अनुसार ती विस्फोटक पदार्थ सशस्त्र द्वन्द्वकालका बेला सुरक्षित रूपमा लुकाइएका हुन सक्ने देखिएको छ।
घटनापछि उक्त क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ भने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया