
बैंकहरूबाट ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष लागेपछि पनि लगातर तरलता प्रशोचन गरिरहेको छ । अधिक तरलता र बजारमा कर्जाको माग न्यून हुँदा आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रीय बैंकले लगातार तरलता प्रशोचन गरिरहेको छ ।
केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन बोलकबोलमार्फत ४२ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो २ आर्थिक वर्षदेखि नै लगातार तरलता प्रशोचन गरिरहेको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा पनि सुरुबाटै तरलता प्रशोचन गर्न लागेको हो ।
चालु आर्थिक वर्ष सुरु भएपछि अघिल्लो २ सातामा ४ पटक निक्षेप संकलन उपकरण बोलकबोल भइसकेको छ । जसबाट १ खर्ब ७७ अर्ब तरलता प्रशोचन भइसकेको छ ।
आइतबार पुनः ५० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । उक्त बोलकबोलमार्फत् ४२ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलमार्फत तय हुनेछ । बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानी न्यून हुँदा अधिक तरलताको चाप बढिरहेको छ ।
लगानी गर्न नसकेपछि साढे ६ खर्ब रुपैयाँभन्दा धेरै रकम बैंकहरुले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोलमा लगानीमार्फत राष्ट्र बैंकमा राखेका छन् । १४ साउनको तथ्यांक अनुसार बैंकहरुले लगानी गर्न नसकेर राष्ट्र बैंकमा राखेको रकम ६ खर्ब ५२ अर्ब १० करोड छ । आइतबार थप ८० अर्ब तरलता प्रशोचन गर्न केन्द्रीय बैंकले बोलकबोल आह्वान गरेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया