

ट्रम्पले भारतसहित ९२ देशमा ट्यारिफ लगाए,अगस्टदेखि लागू हुने सूचीमा चीनको भने नाम छैन



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशमाथि नयाँ ट्यारिफ (आयकर÷शुल्क) लगाएका छन्, ७ अगस्टदेखि लागू यस सूचीमा चीनको भने नाम छैन। ट्रम्प प्रशासनले भारतमा २५ प्रतिशत पाकिस्तानमा १९ र क्यानडामा ३५ प्रतिशत ट्यारिफ तोकेको छ।
यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका विभिन्न देशमाथि ट्यारिफ लगाउने घोषणा गरेका थिए, तर सात दिनपछि उनले त्यसलाई ९० दिनका लागि स्थगित गरेका थिए। केही दिनपछि उनले नयाँ म्याद तय गर्दै ३१ जुलाईसम्मको समय दिएका थिए।त्यसपछि ट्रम्प प्रशासनले ९० दिनभित्र ९० वटा व्यापार सम्झौता गर्ने लक्ष्य राखेको थियो, तर हालसम्म मात्र ७ देशसँग सम्झौता सम्पन्न भएको छ।
आदेश लागू हुनु अघि नै अमेरिका तर्फ आउँदै गरेका सामानहरूमा भने पुरानै नियमअनुसार कर लाग्नेछ। त्यस्तो सामानका लागि अन्तिम म्याद ५ अक्टोबर २०२५ तोकिएको छ।क्यानडामाथिको ३५% ट्यारिफ १ अगस्टदेखि नै लागू भइसकेको छ। एजेन्सी


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया