

बुद्धका शिक्षाबाट शान्तिमा नयाँ आयाम : मुख्यमन्त्री आचार्य




लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धले दिएका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘कूटनीति र बुद्धका शिक्षा : विश्वशान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धका शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “बुद्धका शिक्षाले अन्तर्राष्ट्रिय कूटनीतिमा दिगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।” मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केवल धार्मिक स्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी विश्वशान्तिको सन्देश फैलाउने केन्द्र हो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ ।”
नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उहाँले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने बताउनुभयो । उहाँले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको लुम्बिनी विकास प्राधिकरण अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा ‘नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान केन्द्र’ स्थापना, बुद्ध सर्किट अन्तर्गत एकीकृत पर्यटन प्रवर्धन कार्यक्रम, बौद्ध अनुसन्धान केन्द्र, सङ्ग्रहालय र अन्तर्राष्ट्रिय युवा सम्मेलन जस्ता कार्यक्रम अघि बढाउने सम्भावनातर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
सङ्गोष्ठीमा भारत, नेपाल तथा अन्य राष्ट्रबाट विभिन्न विश्वविद्यालयका उपकुलपति, कूटनीतिज्ञ, बौद्ध चिन्तक, विशिष्ट पाहुना, भिक्षु, भिक्षुणी तथा प्राज्ञिक व्यक्तिको सहभागिता रहेको छ ।
सो अवसरमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले उच्च शिक्षामा नैतिकको निकै महत्व रहेको भन्दै बुद्धका शिक्षाले सबैलाई त्यसतर्फ लगिरहेको बताउनुभयो ।कार्यक्रममा भारतीय विद्वान् प्रा. अभयकुमार सिंहले कूटनीति र बुद्धका शिक्षाको मार्गदर्शन विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया