

लुम्बिनी भिजन कलेजकाे सफलता, बीबीए चाैथाे सेमेस्टरमा शतप्रतिशत नतिजा



बाणगंगा, कपिलवस्तु । लुम्बिनी भिजन/श्रीनगर इन्टिग्रेटेड कलेज, बाणगंगा-०३, कपिलवस्तुका बीबीए चौथो सेमेस्टरका विद्यार्थीहरूले उल्लेखनीय सफलता प्राप्त गरेका छन्। पूर्वाञ्चल विश्वविद्यालय परीक्षा सञ्चालन कार्यालय विराटनगरद्वारा लिइएको स्नातक तह बीबीए चौथो सेमेस्टरको बोर्ड परीक्षामा कलेजले शतप्रतिशत नतिजा ल्याउँदै सम्पूर्ण विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ।
कलेजका १५ जना विद्यार्थीहरूले ३.६५ जीपीए भन्दा माथिको अंक ल्याएका छन् भने तीन जना – अञ्जली थारु, कुसुम चौधरी र नमुना अधिकारीले सर्वाधिक ३.७५ जीपीए प्राप्त गरेका छन्। साथै, ६.५ देखि ३.५ जीपीए सम्मका ७ जना विद्यार्थीहरू पनि उल्लेखनीय अंकसहित उत्तीर्ण भएका छन्।
विद्यार्थीहरूको उत्तीर्णताको उच्च दरले कलेजको शैक्षिक गुणस्तरको पुनः प्रमाणित गरेको कलेज प्रशासनले जनाएको छ। संस्थाका अध्यक्ष सरोज खनाल, प्रबन्ध निर्देशक युवराज पोखरेल, क्याम्पस प्रमुख सुन्दर पाण्डे र सि.इ.ओ कृष्ण के.सी.ले सम्पूर्ण सफल विद्यार्थीहरू, शिक्षक-शिक्षिका, अभिभावक तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्।
कलेजकाे तर्फबाट उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट परिणाम ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया