

प्यूठानमा पूर्वपतिले चक्कु हानेर गरे महिलाको हत्या




प्युठानमा एक युवतीको उनका पूर्व श्रीमानले मँगलबार विहान छुरा प्रहार गरी हत्या गरेका छन् । जिल्लाको सरुमारानी गाउँपालिका वडा ३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
पूर्व श्रीमान लिलबहादुर बरालले घरमै बोलाएर युवतीमाथि चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आफन्तको घर बस्न गएकी महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको हो । हत्या अभियोगमा ऐरावती गाउँपालिका वडा नम्बर–२ कात्तिकेका ३० वर्षीय लिलबहादुरलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।
अभियुक्तले हत्या स्वीकार गर्दै आफू वैदेशिक रोजगारमा गएको समयमा अन्य पुरुषसँग विवाह गरेर गएपछि डिभोर्स माग्दा पनि नदिने तथा घरमा आएर बस्न भन्दा पनि नमानेपछि आवेशमा आएर हत्या गरेको बताएका छन् । उनीहरु बीच १० वर्षसम्म वैवाहिक सम्बन्ध रहेको थियो भने रोजगारीको शिलशिलामा लिलबहादुर इराक गएको समयमा रुक्मणीले अर्का पुरुषसँग विवाह गरेका थिए । यद्यपि पहिलेका श्रीमानसँग सम्बन्धविच्छेद भने नभएको प्रहरीले जनाएको छ । पहिलेको श्रीमानबाट एक छोरा र छोरी गरी दुई सन्तान समेत रहेका छन् ।
घटना बिहान १० बजेपछि भएको हो । रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन् । डिलाका अनुसार, लिलबहादुरले रुक्मणीलाई फोन गरी बोलाएका थिए । घरभित्र पुगेपछि उनले चक्कु प्रहार गरी हत्या गरेका हुन् । लिलबहादुर वैदेशिक रोजगारीबाट केहि दिन अघि घरमा आएको स्थानीयले बताएका छन । घटना बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया