विमानस्थलका कर्मचारीका लागि नैतिक संहिता: जाँदा ‘ह्याभ अ नाइस जर्नी’ र आउँदा ‘वेलकम’ भन्नुपर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनमा कायर्ररत कर्मचारीका लागि नैतिक संहिता (कोड अफ इथिक्स) लागू गरेको छ। शुक्रबार एक सूचना प्रकाशित गर्दै विमानस्थलले विभिन्न बुँदामा नैतिक संहिता लागू गरेको जानकारी गराएकाे छ।

अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्त अनुरूप यस कार्यालयमा कार्यरत कर्मचारीहरूलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक / सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाई कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेशागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन’ कोड अफ इथिक्स बनाई आजैको मितिबाट लागू गरिएको शुक्रबार जारी सुचनामा भनिएकाे छ।

के छ त  मुख्य बुँदाहरूमा

  • प्रस्थान गर्ने यात्रुलाई कम्तिमा ‘ह्याभ अ नाइस जर्नी’ (HAVE A NICE JOURNEY) भन्ने,
  • नेपाल भित्र प्रवेश गर्नेलाई कम्तिमा ‘वेलकम इन नेपाल,  (WELCOME IN NEPAL) ह्याभ अ नाइस डे’  भन्ने
  • थोरै र आवश्यक प्रश्नहरू मात्र गर्ने
  • खाडी मुलुकहरू लगायतमा श्रम / काम गर्न प्रस्थान गर्नेहरूसंग सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने
  • रूखो व्यवहार नगर्ने, बोली वचनमा मिठासपना दिने
  • देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीबचन र हाउभाउले आत्मीयता प्रदान गर्ने 

उक्त नैतिक संहिता अनुरूपको व्यवहार देखिएको/नदेखिएको बारे यात्रुहरूले तत्कालै प्रतिक्रिया व्यक्त गर्न सक्ने गरी हाल १५ वटा डेस्क राखिएको र बाँकी डेस्कहरूमा पनि छिट्टै जडान गरिने अध्कायागमन कार्यायालयले जनाएकाे  छ ।

साथै आफूले प्राप्त गरेको सेवाको मापन व्यक्त गर्नेगरी 1.Excellent; उत्कृष्ट सेवा, 2. Satisfactory; सन्तोषजनक सेवा, 3. Average: औसत सेवाकाे Exit-Survey राखिएको हुँदा सम्पूर्ण यात्रु महानुभावहरूमा स्वेच्छिक सहभागिताको अपेक्षा समेत गरिएको अध्यागमन कार्यालय प्रमुख विष्णुप्रसाद कोइरालाले जनाएका छन्।

हेर्नुहाेस सुचना।

code of ethics

प्रतिक्रिया

खबर सबै