

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
पाल्हीनन्दन गाउँपालिका–१, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका–४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका–१५, डिगौल बस्ने वर्ष १८ को राहुल राजभरको मृत्यु भएको हो । महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु. ४७ प. ४८७९ नम्बरको मोटरसाइकललाई लु. २ ख. ६५४ नम्बरको बसले ठक्कर दिएको हो ।
बससहित बसका चालक रामग्राम इमिलिटोल बस्ने वर्ष ३१ का सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागी पृथ्वीचन्द्र अस्पताल परासी ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया