

दुर्घटना न्यूनीकरण गर्न अर्घाखाँचीमा सडकमै चालकको आँखा जाँच


सवारी दुर्घटना न्यूनीकरण गर्न अर्घाखाँचीमा सडकमै चालकको आँखा जाँच गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सडकमै सवारी चालकको निःशुल्क आँखा परीक्षण गरिएको हो।
गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत लाहुरे बजारमा सवारी चालकको आँखा र रक्तचापको समस्या रहे–नरहेको पत्ता लगाउन निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले बताए।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वयमा भएको उक्त शिविरमा करिब १ सय जना चालकको आँखा परीक्षण तथा स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ। यस्तै ट्राफिक सचेतना मूलक बोर्डहरू पनि राखिएको छ।
चालकको आँखा परीक्षण शिविरले सवारी दुर्घटनामा कमी ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले बताए।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया