

‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान


जल तथा मौसम विज्ञान विभागकी प्रमुख अर्चना श्रेष्ठले रसुवा–नुवाकोट आसपासका क्षेत्रमा भएको ठूलो क्षतिमा हिमताल फुटेको हुनसक्ने अनुमान गरेकी छन् ।
“अहिलेसम्म यही भनेर ठोस कारण पत्ता लागेको छैन । हिमताल फुटेर पनि हुनसक्छ । पहिरोका कारण ड्याम बन्दै थुनिएर आएको पनि हुनसक्छ । हामी हेर्दैछौँ,” विभाग प्रमुख श्रेष्ठले भनिन् ।
उनले विभागले वस्तुस्थिति पत्ता लगाउन स्याटेलाइटबाट पनि हेरिरहेको जानकारी दिइन् । साथै, उद्धारमा जाने टोलीलाई पानी पर्ने सम्भावनाबारे जानकारी पनि गराइसकेको बताइन् । मौसमका कारण रेस्क्युमा बाधा हुनसक्छ कि सक्दैन भनेर हेरिरहेको जानकारी पनि उनले दिइन् । “मलेखुभन्दा तल मुग्लिन, गजुरीतिर पनि वार्निङ पठाइरहेका छौँ,” विभाग प्रमुख श्रेष्ठले भनिन् ।
विभाग प्रमुख श्रेष्ठले नारायणघाट र त्यसभन्दा तलको क्षेत्रमा सतर्कता अपनाउन मिडियाले पनि सूचना प्रवाह गर्न सुझाइन् । ‘‘खोलानाला घटे भनेर किनारमा जाँदा फेरी फुटेर जोखिम हुनसक्ने भएकाले पूर्ण रूपमा बन्द नभएसम्म सजगता अपनाउनुपर्ने छ,’’ उनले भनिन् ।
विभागले भिन्नै सूचनामार्फत पनि सर्वसाधारणलाई सजग गराएको छ । विभागका अनुसार, अपराह्न रसुवा, नुवाकोट, धादिङ र आसपासका जिल्लाहरूमा आंशिक बादल मात्र रहेको छ । क्रमिक रूपमा बादल बढ्दै गई रसुवा, नुवाकोट आसपासका एक–दुई ठाउँमा भारी पानी समेत पर्ने सम्भावना रहेको छ ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया