

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन



रसुवागढी भन्सारमा कार्यरत १४ कर्मचारी सम्पर्कविहिन भएका छन् ।
बुधबार बिहान भोटेकोसी नदीमा भीषण बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेको सचिवालयका अनुसार, रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेको थियो । तीमध्ये प्रमुख भन्सर प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, चारजना करार र ज्यालादारी कर्मचारीमध्ये एकजना मात्र सम्पर्कमा रहेका छन् । ११ जना स्थायी र तीनजना करार तथा ज्यालादारी गरी कुल १४ कर्मचारीबारे खोजी कार्य जारी रहेको सचिवालयले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया