

बैँकिङ् कसुरका फरार पुरूष पक्राउ


प्रहरीले बैँकिङ् कसुर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रैनादेवीछहरा गाउँपालिका –७ बस्ने ४९ वर्षीय भीमबहादुर सारू रहेका छन्। सारूलाई प्रहरी चौकी बल्डेङ्गढी, पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
सारुलाई पाल्पा जिल्ला अदालतको फैसलाअनुसार बैकिङ् कसुर मुद्दामा दोषी ठहर भई फरार अभियुक्तका रूपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अदालतको फैसलाअनुसार उनीबाट तीन लाख २६ हजार रूपियाँ जरिवाना असुलउपर गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। पक्राउ परेका सारुलाई आवश्यक कानुनी प्रक्रिया पूरागरी जरिवाना असुलउपरका लागि अदालतमा बुझाइएको छ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया