

क्वेस्ट-नेपाल लुम्बिनी हबद्वारा SQC अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु
क्वेस्ट-नेपाल लुम्बिनी हबले SQC अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्वेस्ट-नेपाल लुम्बिनी हबले २०८२ जेष्ठ ५ गते सोमबारमा कपिलवस्तु बाणगंगाको पन्जाबी टाड्का रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा आयोजना गरेको विद्यार्थी गुणीय चक्र (SQC) अभिमुखीकरण कार्यक्रममा कपिलवस्तुका २० विद्यालयका प्रधानाध्यापक र शैक्षिक हस्तीहरूको सहभागिता रहेको थियो।
यस कार्यक्रमले विद्यार्थी नेतृत्व, नवीनता, र गुणस्तरीय शिक्षा प्रवर्द्धनको लागि SQC को महत्वपूर्ण भूमिकालाई उजागर गर्यो। साथै विद्यालयमा कसरी एस क्यु सी लाई व्यापक फैलाउन सकिन्छ भन्ने बारे पनि अवधारणा प्रस्तुत गरियो।
कार्यक्रममा प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र विक्रम सिंहले SQC ले भविष्यका विद्यार्थीहरूलाई पढाइको साथमा अतिरिक्त क्रियाकलापको रुपमा एस क्यु सी लाई जोडेर सजिलै लैजान सकिने र यसले विद्यार्थीहरुको चौतर्फी व्यक्तित्व विकासमा बिशेष भूमिका खेल्ने कुरा राख्नुभयो।
त्यसैगरी वाणगङगा नगरपालिकाका प्याब्सन पूर्व अध्यक्ष सुरेन्द्र पाण्डेले ८औं हब सम्मेलन (२०२३) को आयोजना आफ्नो स्कुलमा हुँदाको अनुभव र त्यसबाट परेको सकारात्मक प्रभावबारे बताउनुभयो ।
लक्ष्मणघाट माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज भण्डारीले विद्यार्थी सशक्तिकरणमा एस क्यु सीको महत्त्वपूर्ण योगदान रहने कुरा गर्नुभयो।
एन प्याब्सन सचिव कपिल घिमिरेले २१औं शताब्दीका सिपको विकास गर्न सघाउने यस SQC को अ भियानमा आफु पनि जोडिन पाउँदा गर्व लागेको कुरा व्यक्त गर्नुभयो।
हब कोअर्डिनेटर मदन मल्ल र हब सचिव डम्बर बहादुर सोमैले कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै १५–१७ जेठ २०८२ मा आयोजना हुने SQC प्रशिक्षक सिप प्रशिक्षण को घोषणा गर्नुभएको थियो। हब कोषाध्यक्ष महेश पन्त, नारायण पौडेल, रन्जित कुर्मी, विश्वास घिमिरे लगायतले कार्यक्रममा अहम भूमिका निर्वाह गर्नुभएको थियो ।
क्वेस्ट नेपाल लुम्बिनी हबका कोअर्डिनेटर मदन मल्लले सम्पूर्ण सहभागीलाई आभार व्यक्त गर्दै सहभागीहरूको उत्साहले SQC लाई विद्यालयहरूमा संस्थागत गर्ने मार्ग सजिलो बनाएको कुरा व्यक्त गर्नुभयो ।


खबर सबै
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य










प्रतिक्रिया