

रोल्पामा कुकुरलाई रुखमा झुन्ड्याएर यातना, दुई नाबालक सहित ३ जना पक्राउ



कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिएको आरोपमा रोल्पाबाट दुई नाबालकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका–७ का ११ र १७ वर्षका दुई नाबालक र २० वर्षीय सुन्दर परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुई नाबालकलाई उनीहरूकै गाउँबाट र परियारलाई दाङबाट पक्राउ गरिएको हो । घटना सार्वजनिक भएपछि परियार दाङ भागेका थिए । उनलाई रोल्पा ल्याउने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।
शनिबारदेखि सामाजिक सञ्जालमा तीन जना मिलेर कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिएको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा भिडिओ कहाँको हो भन्ने नखुलेका कारण अनुसन्धानमा केही कठिनाइ भएको शाहीले बताए ।
“घटना रोल्पाकै भएको पुष्टि भएपछि तुरुन्तै उनीहरूलाई पक्राउ गर्न निर्देशन दिएका थियौँ,” इन्सपेक्टर शाहीले टेकपानालाई भने । घटनास्थलमा प्रहरी टोली खटिएको र कुकुर मरेको आशंका गरिए पनि अहिलेसम्म शव फेला नपरेको जानकारी उनले दिए ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय रोल्पामा राखिएको छ । उनीहरूविरुद्ध ‘पशुपक्षीलाई निर्दयी व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत अदालतबाट म्याद लिई थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपक्षी सम्बन्धी कसुरको व्यवस्था गरिएको छ । दफा २९० (१) अनुसार, कसैले कुनै पशुपक्षीलाई कुटपिट गर्ने, क्षमताभन्दा बढी भारी बोकाउने, सामर्थ्यभन्दा बढी दौडाउन लगाउने, रोगी वा वृद्ध पशुलाई जबरजस्ती काम लगाउने, हानिकारक वस्तु खुवाउने वा अन्य कुनै किसिमले यातना दिने वा निर्दयी व्यवहार गर्नु कानुन विपरीत छ ।
यदि यस्तो क्रूर व्यवहार गरेमा तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।


खबर सबै
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड







प्रतिक्रिया