

२९ किलो चरेससहित तीन जना पक्राउ



दाङ | दाङमा प्रहरीले २९ किलो बढी लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले सोमबार आलु बोकेको बोराभित्र लुकाएर चरेश ओसार–पसार गर्न लागेको अवस्थामा २९ किलो ६९५ ग्रामसहित तीन जनालाई पक्राउ गरेको हो ।
घोराही–होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका –१३ बाह्रकुने दहनजिकबाट ठुलो परिमाणको लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आलु बोकेको बोराभित्र लुकाएर चरेस ओसारपसार गर्न लागेको अवस्थामा लागुऔषध चरेससहित तीन जनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्व जिल्ला भुमे गाउँपालिका –२, खावाङ निवासी ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाउँ निवासी ५३ बर्षीय रुपधन घर्ती र सोही ठाउँ निवासी ६४ बर्षीय जुनबहादुर पुन रहेका छन् ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार फर्कबहादुर घर्तीको साथबाट १५ किलो १२३ ग्राम र रुपधन घर्तीको साथबाट १४ किलो ५७२ ग्राम चरेस प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई लागुऔषध ओसारपसार तथा कारोबारसम्बन्धी अभियोगमा कानुनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया