

गुल्मीमा तीन जनाको मृत्यु





गुल्मीमा छुट्टाछुट्टै र्दुघटनामा परी मंगलबार तीन जनाको मृत्यु भएको छ । गुल्मीको मालिका–८ कालीमाटी निवासी वर्ष ६० का लालबहादुर रोका, मदाने–६ की वर्ष ६० की हुमी सार्की र ईस्मा–५ की वर्ष ३९ की शान्ति कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।मालिका–८ का लालबहादुर रोकाको मंगलबार बिहान घर नजिकैको आफ्नै बारीमा घोप्टो अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिएका छन ।
रोकाको शव मंगलबार बिहान स्थानीयले देखेपछि घटना शंकास्पद भएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी उपरिक्षक राजन भुजेलको नेतृत्वमा नौ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाको प्रकृति हेर्दा थप शंकास्पद देखिएको भन्दै प्रहरीले घटनाको थप अनुषन्धान गरिरहेको बताएको छ ।त्यसैगरी मदाने–६ निवासी हुमी सार्कीको पुर्कोटदह बजारबाट घर फर्कने क्रममा मदाने–६ अन्तरगत सल्लेपाटा स्थित बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।त्यसैगरी जिल्लाको ईस्मा–५ की वर्ष ३९ की शान्ति कुमालको गुडीरहेको बसबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवलबाट गुल्मीको अर्खाबाङ् जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसबाट झरेपछि भाडाको विषयलाई लिएर झगडा भएपछि अचानक गुडिरहेको बसको ढोकामा झुण्डीन पुग्दा उनी लडेर शक्त घाईते बनेकी थिईन । घाईते बनेकी कुमालको उपचारको लागि गुल्मी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । घटनापछि प्रहरीले वस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया