बाणगङ्गा साहित्यिक प्रतिष्ठानको नयाँ नेतृत्व चयन

कपिलवस्तु, मंसिर १५ । बाणगङ्गा साहित्यिक प्रतिष्ठान, कपिलवस्तु, नेपालको १९औं साधारण सभा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। वाणगङ्गा क्याम्पस, लौगाइको सभाहलमा आयोजित कार्यक्रममा स्रष्टा सम्मान, रचना वाचन तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै बाणगङ्गा नगर प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीले साहित्य समाजको परिवर्तनको मुख्य साधन रहेको भन्दै यस क्षेत्रका साहित्यकारहरू यसलाई संरक्षण गर्न सक्रिय रहेको बताए।

स्रष्टा सम्मान र प्रस्तुति
कार्यक्रममा लामो समयदेखि साहित्यमा योगदान पुर्‍याउँदै आएका साहित्यकार मोहन ज्ञवालीलाई विशेष सम्मान गरिएको छ। संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कोषाध्यक्ष कृष्ण न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। उपाध्यक्ष देवका भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन सचिव मोहन अधिकारीले गरेका थिए।

नयाँ नेतृत्वको चयन
साधारण सभाले कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।

उपाध्यक्ष: राधा पाण्डे

सचिव: हुमनाथ पौडेल

सह-सचिव: दया प्रसाद घिमिरे

कोषाध्यक्ष: ज्ञानप्रसाद पाण्डे

सदस्यहरू: कृष्ण भट्टराई, कमला खनाल, राधा पाण्डे, किरण पन्थी, प्रकाश भुसाल, डिल्लीराम भट्टराई

कार्यक्रममा संस्थाका संरक्षक, आजीवन सदस्य तथा ६० भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो। साहित्य, संस्कृति र समृद्धिको प्रवर्द्धनमा प्रतिष्ठानले आगामी दिनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

खबर सबै