

भैरहवाबाट थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान सुरु



रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान आइतबारदेखि सुरु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस ए तीन ३२० अवतरण गरेको छ । पहिलो उडानमा विमानका चालक दलका सातजना सदस्यहरु मात्र आएको प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँले यो तालिका अनुसारकै उडान भएको बताउनुभयो । अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने र त्यसपछि हप्ताको दुई उडान गर्ने उहाँको भनाइ छ । २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गते बिहीबारदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो सवा १२ बजे आउने निमित्त महाप्रबन्धक बज्राचार्यले जानकारी दिनुभयो । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको दुई दिन उडान गर्ने तयारी गरेको बताउनुभयो ।
थाइ एअर एसियाको केही दिनअघि मात्र भैरहवा तथा काठमाडौं उडान सुरु गर्ने अनुमति पाए लगत्तै उडान सुरु भएको हो । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपियाँ रहेको छ । एअर एसियाको यो विमान बिहान ७ बजेर ४० मिनेट जाँदा बैंकक प्रस्थान गरेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया