
मुख्यमन्त्री आचार्यद्धारा तिहारको शुभकामना, सामूहिक हितका कार्यहरूलाई प्रोत्साहित गरौं

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भातृत्वको भावना सुदृढ गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। उनले तिहार मनाउने सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतको सम्बन्धलाई उजागर गर्दै दाजुभाइ र दिदीबहिनी बीचको स्नेह गाढा बनाउने उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले देउसी–भैलो खेल्नेजस्ता परम्पराहरूले सामाजिक एकता बढाउन मद्दत गर्ने बताएका छन्। उनले चाडपर्वमा देखिने विकृति र विसङ्गतिको अन्त्य गर्दै सामूहिक हितका कार्यहरूलाई प्रोत्साहित गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।
सन्देशमा उनले तिहारलाई उज्यालो पर्वको रूपमा लिइन्छ भन्ने कुरा उल्लेख गर्दै सत्य र न्यायको पक्षमा उभिन प्रेरित गर्ने बताउनुभएको छ। तिहार पर्वले मानव, प्रकृति र पशुपंक्षीबीचको सन्तुलनलाई सम्मान गर्दै सामाजिक एकता, पर्यावरण संरक्षण र दिगो विकासलाई बलियो बनाउन मद्दत गर्ने कुरामा पनि जोड दिएका छन्।
मुख्यमन्त्री आचार्यले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को प्रमुख आकांक्षा पूरा गर्न कृषि र पशुपालनलाई प्राथमिकता दिइएको बताएका छन्। उनले चाडपर्वका मूल्य मान्यताहरू समाज विकाससँग जोडिएका छन् र नवीनतम अभ्यासहरूको प्रोत्साहन गर्दै आएको पनि बताएका छन्।
तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ। यसमा काग, कुकुर, गाई, र लक्ष्मीको पूजा गरिन्छ र देउसी–भैलो खेल्ने परम्परा रहन्छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया