

सहकारी प्रकरणमा छविलाल जोशीको बयान : ५७ प्रश्नको चक्रव्यूहमा सत्यको खोजी



सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बयान लिइएको छ। सरकारी वकिल कार्यालय रूपन्देहीले मंगलबार बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा बयान लिएको हो।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको रोहवरमा बयान गरिएको हो।
पौडेलका अनुसार जोशीसँग सहकारीका विषयमा लिनुपर्ने बयान लिइसकिएको छ। बयानमा छविलालले पूर्वगृहमन्त्री रवि लामिछानेका बारेमा समेत केही विषयहरू बोलेको बताइएको छ। ‘हाम्रो अनुसन्धानका लागि आवश्यक बयान सकिएको छ, अब प्रहरीले अनुसन्धान गर्नेछ,’ उनले भने।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले जोशीको बयान लिएका छन्। जोशीलाई ६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको थियो।
सुप्रिम सहकारीबाट समेत जोशीको नाममा २ करोड ५० लाख ऋण लिएको देखिएको छ। जोशीलाई सोमबार बयानका लागि रुपन्देही ल्याइएको हो।
सहकारी अपचलनका विषयमा पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइरहँदा सहकारीपीडितहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्। सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप उनीहरूले लगाएका छन्।
अदालतअघि विरोध प्रदर्शन गरिरहेका पीडित सरकारी वकिल कार्यालय अघि जान खोज्दा प्रहरीले रोकेको थियो। जाेशीलाई भैरहवास्थित सरकारी वकिल कार्यालयमा बयान लिइए पनि उनलाई बासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएकाे छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया