

बाणगंगा ९ मा मौलिक तीजको उत्सवः उपभोक्ता स्तरमा सामुदायिक वनको तीज कार्यक्रम


साझाकुरा,कपिलवस्तु | तीज पर्वमा मौलिकता हराइरहेका बेला कपिलवस्तुको बाणगंगामा स्थानीयहरुको उपस्थितिमा मौलिक तीज कार्यक्रम गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा उपभोक्ता स्तरमा दरखाने कार्यक्रम तथा तीज कार्यक्रम गरिएको हो ।
स्थानीय उपभोक्ताहरूको सहभागितामा सम्पन्न उक्त दरखाने र तीज कार्यक्रमले तीजको मौलिकता जोगाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले बताएका छन ।
भलवाड स्थित कोइलीचौर साना किसान समुदायिक वन उपभोक्ता समुहले वन कार्यालयको सभाहल परिसरमा आयोजना गरेको तीज पर्वमा करिब ९ सय बढी स्थानीय व्यक्तिहरूले सहभागिता जनाएका थिए। वनका अध्यक्ष कुन्तामणी भुसालका अनुसार, यस कार्यक्रमले मौलिक तीजको परम्परालाई जीवित राख्ने प्रयास गरेको छ।

पछिल्लो समय तीज पर्वको मौलिकता संकटमा परेको र बजारमा व्यवसायीकतासँगै आधुनिक रेकर्डेड तीजका कार्यक्रमहरूको प्रचलन बढ्दो छ। यस्तो अवस्थामा सामुदायिक वनले पुरानै सांस्कृतिक पहिचानलाई जोगाउन अग्रसर भइ मौलिक तीजको संरक्षणमा ध्यान केन्द्रित गरेको वन कार्यसमितिको तर्क छ ।
यस कार्यक्रमको माध्यमबाट, तीज पर्वको परम्परागत र सांस्कृतिक महत्वलाई पुनः स्थापित गर्ने प्रयास गरिएको छ। यसले सामुदायिक एकता र सांस्कृतिक धरोहरको संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको वनका अध्यक्ष भुसालले साझाकुरासँग बताए ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया