

बाणगंगा ९ मा मौलिक तीजको उत्सवः उपभोक्ता स्तरमा सामुदायिक वनको तीज कार्यक्रम



साझाकुरा,कपिलवस्तु | तीज पर्वमा मौलिकता हराइरहेका बेला कपिलवस्तुको बाणगंगामा स्थानीयहरुको उपस्थितिमा मौलिक तीज कार्यक्रम गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरमा उपभोक्ता स्तरमा दरखाने कार्यक्रम तथा तीज कार्यक्रम गरिएको हो ।
स्थानीय उपभोक्ताहरूको सहभागितामा सम्पन्न उक्त दरखाने र तीज कार्यक्रमले तीजको मौलिकता जोगाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले बताएका छन ।
भलवाड स्थित कोइलीचौर साना किसान समुदायिक वन उपभोक्ता समुहले वन कार्यालयको सभाहल परिसरमा आयोजना गरेको तीज पर्वमा करिब ९ सय बढी स्थानीय व्यक्तिहरूले सहभागिता जनाएका थिए। वनका अध्यक्ष कुन्तामणी भुसालका अनुसार, यस कार्यक्रमले मौलिक तीजको परम्परालाई जीवित राख्ने प्रयास गरेको छ।

पछिल्लो समय तीज पर्वको मौलिकता संकटमा परेको र बजारमा व्यवसायीकतासँगै आधुनिक रेकर्डेड तीजका कार्यक्रमहरूको प्रचलन बढ्दो छ। यस्तो अवस्थामा सामुदायिक वनले पुरानै सांस्कृतिक पहिचानलाई जोगाउन अग्रसर भइ मौलिक तीजको संरक्षणमा ध्यान केन्द्रित गरेको वन कार्यसमितिको तर्क छ ।
यस कार्यक्रमको माध्यमबाट, तीज पर्वको परम्परागत र सांस्कृतिक महत्वलाई पुनः स्थापित गर्ने प्रयास गरिएको छ। यसले सामुदायिक एकता र सांस्कृतिक धरोहरको संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको वनका अध्यक्ष भुसालले साझाकुरासँग बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया