

आज साउनको अन्तिम सोमवार





आज असाउन महिनाको अन्तिम सोमवार। भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको पशुपति नाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ।
साउन महिनालाई शिवको विषेश महिना मानिन्छ। साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन्।
साउन महिनाको सोमवार शिवको पूजा आराधान गरे मनोकाक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ। शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको वारेमा उल्लेख गरिएको छ।
साउन महिनामा शिवको पूजा आाराधना सहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन्।
यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया